Logo
Logo

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : न्यायाधीशहरुको राय बाझियो (पूर्ण पाठ)



काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुलेको छ । सर्वोच्च अदालतले बुधबार जारी गरेको लिखित आदेशमा विमानस्थल बनाउने बाटो खुलेको हो ।

अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशबीच राय बाझिए पनि बहुमत राय दिने न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले पनि निजगढमा विमानस्थल बनाउने कुरालाई रोक लगाएका छैनन् ।

उनीहरूले निजगढ विमानस्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुने गरी विकल्प खोज्न भने पनि निजगढमै विमानस्थल बनाउन रोक भने लगाएको छैन ।

हेर्नुहोस् पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस्