Logo
Logo

रक्षा मन्त्रालयले ‘एसपीपी’ सम्झौताबारे अवज्ञा गरेको रावलको आरोप



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता भीम रावलले संसदीय समितिले दिएको निर्देशन विपरीत रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । समितिले अमेरिकी सरकारसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौताबारे जानकारी गराउन निर्देशन दिए पनि त्यसको अवज्ञा गरेको बताए ।

उनले रक्षा मन्त्रालयको तर्फबाट कागजातउपर सम्झौता गराउने सम्बन्धमा मन्त्रीपरिषद्को निर्णय यसलाई अघि नबढाउने भएको हुनाले यो व्यहोरा सम्मानित समितिमा सभापतिबाट निर्देशित गराएँछु भन्ने पत्र पठाइ समितिकै अवज्ञा गरेको बताए ।

कानूनी र प्रशासनिक दृष्टिकोणबाट पनि यो समितिको निर्देशन विपरीतको पत्र भएको उनले बताए । समितिले बारम्बार एसपीपीको बारेमा स्पष्ट जानकारी सरकारसँग माग गरे पनि सरकारले अमेरिकालाई पठाएको पत्र वा मन्त्रीपरिषदको निर्णय नै नपठाइ बिना अर्थको पत्र समितिमा पठाएको रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्