Logo
Logo

बाजुरामा जीप दुर्घटना, २ को मृत्यु, ११ घाइते


- दृष्टि न्युज/संवाददाता


बाजुरा, २ साउन । जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन् ।
जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क १ ज २१ नंको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा जीप चालक रमेश बोगटी र मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाहीको मृत्यु भएको छ भने अन्य घाइते हुनेमा जगन्नाथ गाउँपालिका–५ गोत्रीका टक्क ल्वार, सोही गाउँका अम्मकला ल्वार, महेश्वरी ल्वार, जनु ल्वार, त्यसैगरी हिमाली गाउँपालिका लालवीर चदारासहित रहेका छन् । तीमध्ये टक्क ल्वार र अम्मकला ल्वारको अवस्था गम्भीर रहेको छ ।
घाइते बाँकी चार जनाको नाम खुल्न सकेको छैन । लगातारको पानीले सडक चिप्लो र उकालो भएकाले उकालोमा चढ्न नसकी चिप्लिएर दुर्घटना भएको बताइएको छ । जीपमा १३ जना सवार रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्