Logo
Logo

बागमतीको बजेट आज पास गर्ने तयारी



हेटौंडा । बागमती प्रदेशसभाले बिहीबार आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरेको छ ।

प्रदेशसभामा आर्थिक विधेयकमाथि छलफल भई निर्णयार्थ पेश हुने र बजेट पास गर्ने कार्यसूची तय भएको हो । बुधबार बजेट (विनियोजन विधेयक)माथिको छलफल सकिएको छ ।

विषयगत मन्त्रालयको बजेटमाथिको छलफल सोमबार सुरु भएको थियो । छलफलमा सत्तापक्षले सरकारले ५ वर्षमा सबैभन्दा राम्रो बजेट ल्याएको भन्दै स्वागत गरेका थिए ।

उनीहरुले सरकारले ल्याएको बजेट जनमुखी रहेको भन्दै बजेटको प्रशंसा समेत गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका प्रतिपक्षी दलले भने सरकारले चुनावलक्षित, परम्परागत शैलीमा, असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए ।

बुधबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट प्रगतीशील र जनमुखी भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्