
काठमाडौं । भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्दा महाकालीमा पानीको तह बढेको छ ।
पिथौरागढस्थित धौलीगंगा पावर स्टेशनले बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोल्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो ।
विद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिङ्ग हुने र सो कामका लागि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने पत्रमा उल्लेख छ ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बाँधको ढोका खोलिंदा जलसतह बढ्ने र क्षति पुग्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ ।
बाढी पूर्वामुमान महाशाखाले पनि महाकाली जलाधारका केही स्थानमा भारी वर्षा भई नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन भनेको छ ।











