
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र आन्तरिक मतभेद सतहमा आउने देखिएको छ ।
महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै डा. शेखर कोइराला नेतृत्वको समूह सभापति शेरबहादुर देउवाविरुद्ध उत्रने तयारीमा जुटेको हो ।
सभापति देउवा विधि र विधानअनुसार नचलेको भन्दै कोइरालाले बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफूपक्षीय नेताको बैठक बोलाएका छन् ।
समसामयिक राजनीतिक विषयमा छलफल गरी पार्टी सभापति देउवालाई दबाब दिने उद्देश्यले बैठक बोलाइएको नेता गुरू घिमिरेले जानकारी दिए ।
सभापति देउवाले कतिपय मनोनयन एकलौटी गरेको र आफूहरुले उठाएका विषयमा गम्भीर नदेखिएको शेखर समूहको आरोप छ ।











