
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन हुने बताएका छन् ।
आयोगले निर्वाचनको तयारी थालिसकेको उनको भनाइ छ । स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको बताए ।
स्थानीय तहको निर्वाचनमा बाध्यतावश मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गरे । लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको थपलियाको टिप्पणी छ ।
प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा कर्मचारीलाई दिइएको सुविधा बढी वा घटी नभई यथार्थपरक भएको स्पष्ट पार्नुभयो ।
आयोगले स्थानीय तह निर्वाचनबारे सातवटै प्रदेशमा समीक्षा सम्पन्न गरिसकेको छ ।











