
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको आरोप लगाएका छन् । ६४ औ संसद सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेललले किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना समेत गरे ।
नेता पौडेलले भने, ‘आयल निगम व्यापारीलाई दिने रे । यहाँ करोडको कुरा छैन अर्बका कुरा छन् ।’ पौडेलले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताए । खेती गर्ने बेला मलको हाहाकार रहेको उनले बताए ।











