
काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) फुट्ने पक्का भएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको जसपा आन्तरिक विवादका कारण फुट्ने निश्चित भएको छ।
लामो समयदेखि पार्टीभित्र भएको विवादलाई अन्त्य गर्न नसक्दा जसपा फुटको संघारमा पुगेको हो। पार्टीबाट सरकारमा सहभागी मन्त्रीको विषयमा पनि उक्त पार्टीभित्र विवाद उत्पन्न भएको थियो।
भट्टराई निकट एक नेताका अनुसार डा. भट्टराईले बुधबार साँझ उपेन्द्र यादवलाई बोलाएर पार्टी फुटाउने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव यादवले स्वीकार गरेको र अब सहमतिमा छुट्न दुवै पक्ष तयार भएको ती नेताले जानकारी दिए ।
सिंहदबारमा भएको छलफलमा भट्टराईले वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको र त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भन्दै प्रस्ताव गरेपछि यादवले छुट्न सहमत भएको एक नेताले जानकारी दिए ।














