Logo
Logo

प्रेम रोमान्समा ‘मलाई बनायौ किन’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ साउन । नेपाली फिल्म ‘एकलब्य’ यही १० साउनबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको दोश्रो गीत ‘मलाई बनायौ किन’ बोलको गीत रिलिज गरिएको छ । अघिल्लो गीत ‘पूर्वै चल्नेया रेल’ लाई दर्शकले रुचाएपछि निर्माण पक्षले यो दोश्रो गीत रिलिज गरेको हो ।
‘एकलब्य’को सार्वजनिक प्रेमभावको गीतलाई युवराज चौलागाई र मेलिना राईले गाएका हुन् भने गीतको शब्द संगीत राजेन्द्र बजगाइँको हो । यो गीतमा अभिनेता सोनाम थापामगर र अभिनेत्री ओसन भट्टराईबीचको प्रेमसम्बन्ध देखाइएको छ । भिडियोमा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
चलचित्र ‘एकलब्य’लाई अनमोल शर्मा निर्देशन गरेका हुन् । उनका अनुसार यो फिल्म पारिवारिक प्रेमकथामा आधारित छ । जसमा समाजका विभिन्न अपराधिक घटनालाई उठाइएको छ । सोनाम र ओसिन भट्टराईसँगै पुष्कर राउत, सुशील पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ ।
राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेको यस फिल्ममा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाइँको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्