
काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) फुट्ने निश्चित भएको छ। पार्टीभित्र भएको आन्तरिक विवादका कारण जसपा फुटको संघारमा पुगेको हो।
जसपा फुट्ने भएपछि पार्टीका वरिष्ठ नेता अशोक राई भने जसपामै रहने भएका छन्। डा. बाबुराम भट्टराईले पार्टी फुटाएर अलग हुने पक्का भएपछि अशोक राई समूह भने जसपा अर्थात् उपेन्द्र यादवसंगै रहने भएका छन्।
भट्टराईले तत्कालिन नयाँ शक्तिको टिम लिएर जसपाबाट अलग हुने अशोक राई निकट एक नेताले जानकारी दिए । नयाँ शक्ति बाहेक तत्कालिन संघीय समाजवादी फोरमको सिंगो टिम जसपामै रहने ती नेताले जानकारी दिए ।














