
१. जनता समाजवादी पार्टी (जसपा) फुटाउनेमा अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डा. बाबुराम भट्टराई सहमत, वरिष्ठ नेता अशोक राई उपेन्द्रसँगै रहने, आसार २७ र २८ गते केन्द्रीय समितिको बैठक बस्ने ।

२. वाम एकताको लागि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको दैडधुप, एमाले अध्यक्ष केपी शर्मा ओली र मोओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकैदिन भेटे, वाम एकताको लागि पहल थाल्न आग्रह ।

३. शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई विधानसम्मत चलाउन नसकेको शेखर कोइराला पक्षको निष्र्कष, सरकारको नेतृत्वमा कांग्रेस भएपनि माओवादीले सरकार चलाएको आरोप, कांग्रेसको सरकार छ भन्ने आभाष नभएको अभिव्यक्ति, सरकार र पार्टीको परफरमेन्सले आमनागरिक असन्तुष्ट भएको भनाइ ।

४. चालु आर्थिक वर्षमा पूँजीगत खर्च ४० प्रतिशत मात्रै, हरेक महिना १० प्रतिशतका दरले खर्च गर्ने सरकारको लक्ष्य अपूरो, १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्यमा ११ खर्ब नौ अर्ब ३७ करोड ३२ लाख मात्रै खर्च, नौ खर्ब ७० अर्ब ४५ करोड ६९ लाख रुपैयाँ राजस्व सङ्कलन ।

५. ढुङ्गा, गिटी उत्खनन, बक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश, मापदण्ड संशोधन गर्दा राजमार्ग र नदी किनार क्षेत्रको अस्तित्वमाथि गम्भीर संकट हुने र अपूरणीय क्षति पुग्ने दाबी ।

६. स्थानीय तह निर्वाचनमा गठबन्धन दलबीचको चुनावी तालमेलले धेरै सिट जितेको कांग्रेसको निष्कर्ष, संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल गर्दा उपयुक्त हुने निर्वाचन परिचालन समितिको सुझाव, गठबन्धनले राष्ट्रिय एकताको सन्देश गएको दाबी ।

७. असंलग्न आन्दोलनका सिद्धान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध, ‘असंलग्न आन्दोलन संसदीय सञ्जाल’ कोसेढुङ्गा सावित भएको सभामुख अग्निप्रसाद सापकोटाको भनाइ, जलवायु परिवर्तन, आर्थिक मन्दी, मूल्यवृद्धि, ऊर्जा संकट, खाद्य असुरक्षा, धनी र गरिबबीचको असमानता बढ्दै गएकाले असंलग्नको सान्दर्भिकता बढेको अभिव्यक्ति ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७४.९३ अंकले बढेर दुई हजार ३७.६४ मा पुग्यो, सेन्सेटिभ परिसूचक पनि १२.६३ अंकले उकालो लागेर ३९१.७८ कायम, २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपैयाँमा खरिद बिक्री, १३ उपसमूहको शेयर मूल्य वृद्धि ।

९. चिनियाँ राष्ट्रपति सी चिनफिङ र हङकङका कार्यकारी प्रमुख क्यारी लामबीच भेटवार्ता, आर्थिक नीति र सुधारका लागि आईएमएफले श्रीलङ्कालाई सहयोग गर्ने, इजरायली संसद् विघटन, संयमता अपनाउन सुडान र इथियोपियालाई अफ्रिकी युनियनको आग्रह ।

१०. नेपाल पुलिस क्लब अपराजित हुँदै बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा, नेपाल एपिएफ क्लब ३–१ को सेटमा पराजित, पुलिससँग हार भोगेपनि एपिएफ राउन्ड रोविन लिगमा दोस्रो हुँदै फाइनलमा पुग्न सफल ।












