
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नायक राजेश हमालबीच भेटवार्ता भएकाे छ।
शुक्रबार बिहान प्रचण्ड निवासमा भेटवार्ता भएको हो । सो क्रममा समसामयीक राजनीतिक विषयमा कुराकानी भएको संगीतकार चेतन सापकोटाले बताए ।
‘नेपाली राजनीतिका महानायक र नेपाली चलचित्रका महानायकबीच भेटघाट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक चासो र चिन्ता,’ भेटपछिको तस्बिर शेयर गर्दै सापकोटाले फेसबुकमा लेखेका छन् ।
भेटमा प्रचण्डपुत्री गंगा दाहाल र सापकाेटा पनि सहभागि थिए ।











