Logo
Logo

अब परिवर्तनका लागि आन्दोलन गर्नुपर्दैन : नेम्बाङ


378
Shares

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले अब परिवर्तनका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन् ।

नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेम्बाङले संविधानले नागरिकलाई सबै दृष्टिले अधिकारसम्पन्न बनाएको बताए ।

‘जनताको मन जित्नुुस् । जनताको आशिर्वाद लिनुस् । संसदमा पुगेर संविधान संशोधनमार्फत् जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ,’ उनले भने, ‘व्यक्ति मन पर्दैन व्यक्ति फेर्नुस् । पार्टी मन पर्दैन पार्टी परिवर्तन गर्नुस् । संविधानले त्यो अधिकार दिएको छ । त्यसैले अब परिवर्तनको आन्दोलन आवश्यक छैन ।’

जनालाई सुख दिनका लागि एकजुट भएर अघि बढ्नसपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । नेम्बाङलाई क्याम्पसले ‘नेपाल ल क्यामपस स्वर्ण सम्मान’ले सम्मानित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्