काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले धेरै धन, सम्पत्ति हुने व्यक्तिहरुको नाम सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा बोल्दै उनले यस्तो माग राखेका हुन् ।
सांसद सुवालले नेपालका धनी र प्रतिष्ठित व्यक्तिको नाम सूची बनाएर सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनले भने, ‘सरकारले धनी मान्छेहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छ । धनी मान्छेहरूको नाम सूची बनाएर सार्वजनिक गर्नुपर्छ । धनीको सूची प्रकाशित गरौं ।’
उनले उमेर भएका मान्छेहरूलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने पनि बताएका छन् ।











