Logo
Logo

के यिनी साम्राज्ञी नै हुन् ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ साउन । नेपाली फिल्मकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सुरुमा निकै लजालु मानिन्थिन् ।
कम बोल्ने र थोरै हाँस्ने साम्राज्ञीको व्यवहारले उनलाई फिल्मी क्षेत्रमा मान्छेहरुले त्यसै भन्थे । तर, उनी चर्चामा आएसँगै विस्तारै खुल्न थालिन् । अहिले आएर साम्राज्ञी यतिसम्म खुल्न थालेकी छन् कि शोसल मिडियामा सार्वजनिक भएका उनका तस्बिर हेर्दा लाग्छ ‘के यिनी साम्राज्ञी नै हुन् त ?)

साम्राज्ञी राज्यलक्ष्मी शाह

यतिखेर नेपाली अनलाइन मिडियाहरुमा छाइरहेको ‘किसिङ फोटो’ हेर्दा नेपाली फिल्मकी तिनै साम्राज्ञी हुन् भन्नलाई पत्यार नै लाग्दैन । केही दिनयता इन्डोनेसियाको बालीमा मस्ती गरिरहेकी साम्राज्ञीको समुद्री किनारमा सुट गरिएका तस्बिरहरु शोसल मिडियामा ‘भाइरल’ भइरहेको छ । साम्राज्ञीले नै आफ्नो इन्स्टामा प्रेमी देवांकस रानासँग मस्ती गरिरहेको फोटो सार्वजनिक सार्वजनिक भएपछि उनी ‘गसिप’को खजना बनेकी छन् ।
कुनै बेला बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता सलमान खानको पनि यस्तै फोटो सार्वजनिक भएको थियो । त्यो बेला भारतीय मिडियाले ती जोडीको खुबै ‘गसिप’ बनाएका थिए ।
अहिले आएर साम्राज्ञी र उनका प्रेमीको तस्बिरले कट्रिना र सलमानको झल्को दिएको छ । सुरुमा हेर्दा साम्राज्ञी नै होइनन् कि भन्ने ती तस्बिरमा उनका प्रेमीले क्याप्सनसहित सार्वजनिक गरेपछि बल्ल साम्राज्ञीको रोमान्सको राज खुलेको हो । तस्बिरमा उनीहरू एक अर्कासँग समर्पित देखिएका छन् । साम्राज्ञी पछिल्लो समय नेपाली फिल्मका लागि ‘हटकेट’ मानिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्