Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

काठमाडौंमा हैजा फैलिएकोदेखि संघ र प्रदेशको निर्वाचनबारे छलफलसम्म


567
Shares

१. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच छलफल, निर्वाचनको मिति प्रस्ताव गर्न देउवाको आग्रह, कात्तिक मसान्तमा निर्वाचन गर्न आयोगको अनौपचारिक प्रस्ताव, दलहरूसँग परामर्श गरेर मिति तोक्ने आयोगको तयारी ।


२. काठमाडौं उपत्यकामा हैजा फैलिँदै, आज तीन जना हैजाका बिरामी थपिए, अहिलेसम्म १२ पुरुष र पाँच महिला गरी १७ जनामा हैटा भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी, हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान आग्रह ।


३. प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवामाथि नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले लगायो पाँच आरोप, सरकारले जनजीविकाका मुद्दालाई सम्बोधन गर्न र जनतालाई राहत दिन नसकेको निष्कर्ष, देउवा पार्टीको भन्दा पनि गठबन्धनको सभापति भएको आरोप ।


४. ४० वर्षसम्म पनि विवाह नगर्ने महिलाले सामाजिक सुरक्षा भत्ता पाउने, सम्बन्ध विच्छेद गरेर १२ वर्षदेखि एकल जीवन बिताइरहेका महिलालाई भत्ता दिने प्रावधान पारित, पिछडिएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समेत भत्ता उपलब्ध गराइने ।


५. नेकपा एमालेको बहिष्कारकाबीच राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन विधेयक पारित, ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ बहुमतले पारित, विधेयक सन्देशसहित प्रतिनिधिसभाबाट पठाइयो ।


६. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महानायक राजेश हमालबीच भेटवार्ता, नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी, चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउनका सहयोग गर्ने प्रचण्डको बचन, पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि चर्चा ।


७. भारतलाई बिजुली बेचेर नेपाल विद्युत प्राधिकरणले एक महिनामा कमायो एक अर्ब ७२ करोड, २७ जेठदेखि दैनिक ३६४ मेगावाट विद्युत बिक्री, प्राधिकरणले आगामी ६ महिनासम्म बिजुली बिक्री गर्ने, वार्षिक मुनाफा १२ अर्ब बढी ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिकेन, नेप्से परिसूचक ८.८७ अंकले घटेर दुई हजार २८.७७ मा झर्यो, सेन्सेटिभ परिसूचक पनि ३.१७ अंकले ओरालो लागेर ३८८.६२ मा कायम, २२१ कम्पनीका ३६ लाख ६३ हजार २२० कित्ता शेयर एक अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँमा खरिद बिक्री ।


९.भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता, युक्रेनसँगको विवाद अन्त्य गर्न मोदीको आग्रह, ईरानमा मृत्युदण्डको सङ्ख्या अघिलो बर्षको तुलनामा दोब्बर, अफ्रिकाका १२ देशमा मङ्कीपक्स सङ्क्रमण एक हजार ७८२ जनामा भेटियो ।


१०. महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रस्ताव, साफका महासचिव अनवरुल हक हेलाल सकारात्मक, राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा, प्रतियागितामा २१ जना खेलाडीले सहभागिता जनाउने ।

प्रतिक्रिया दिनुहोस्