
काठमाडौँ । सिन्धुपाल्चाेककाे मेलम्ची नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
गुम्थाङ, धाप, नकोटेलगायतका स्थानमा भारी वर्षा भइरहेका कारण तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
मेलम्ची नदीको जलसतह १.५ मिटरले बढेको महाशाखाले जनाएको छ । याे क्षेत्रमा २ दिनदेखि लगातार पानी पिररहेकाे छ ।












