Logo
Logo

९९औँ जन्मजयन्तीका अवरमा गिरिजाप्रसादको स्मरण


189
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्ती शनिबार कांग्रेसनिकट संघसंस्थाले विभिन्न कार्यक्रम गरि मनाएका छन् ।

कोइरालाको जन्म वि.सं १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । जन्मजयन्तीका अवसरमा जिपी कोईरालाल मेमोरियल कलेजले काठमाडौंमा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको परिवर्तनमा स्वर्गीय कोईरालाले खेलेको भूमिकाको स्मरण गरे । १० बर्षे जनयुद्धलाई अन्त्य गराएर माओवादीलाई शािन्तप्रक्रियामा ल्याउन कोईरालाले अग्रणी भूमिका खेलेको उहाले बताए ।

सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसादलाई जान्छ । कोइराला मुलुकमा पाँचपटक प्रधानमन्त्री हुनुभयो भने चार कार्यकाल पार्टी सभापति हुनुभयो । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्