Logo
Logo

उत्तरपुस्तिका परीक्षणमा अनियमितता आरोप लागेका त्रिविका पूर्वकर्मचारीद्वारा आत्महत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ४ साउन ।

उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन् । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको परीक्षणमा अनियमितता आरोप लागेका रामबहादुर पाण्डे क्षत्रीले आत्महत्या गरेका हुन् ।

पाण्डेले बिहिबार दिउँसो त्रिपुरेश्वरको राधा भवनको पाचौं तल्लाबाट हाम फालेर आत्महत्या गरेको महानगरी प्रहरी परिसरका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताए । आजको नागरिक दैनिकमा समाचार छापिएका छ ।

उनले आफन्त र नजिकका मान्छेलाई उत्तीर्ण गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अख्तियारले दुई साताअघि पाण्डेसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्