
काठमाडौं । सत्ता सझेद्र दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र भारतीय नवनियुक्त राजदूत नवीन श्रीवास्तववीच भेटघाट भएको छ । अध्यक्ष नेपाललाई भेट्न राजदूत श्रीवास्तव शनिबार बेलुकी उनको निजी निवास कोटेश्वरमा पुगेका हुन् ।
उक्त भेटघाटमा अध्यक्ष नेपालले श्रीवास्तवलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको एक नेताले जानकारी दिए । नेपाल भारत-सम्बन्ध र अहिले समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले लेखेका छन्, ‘नवनियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज वेलुकी शिष्टाचार भेटका निम्ति नीजि निवास कोटेश्वरमा आउनुभयो । उहॅालाई नेपालमा स्वागत गर्दै उहॅाको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो । भेटमा नेपाल भारत-सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भयो ।’











