कारवाही

१. प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरूद्वारा निजगढ विमानस्थलको स्थलगत निरीक्षण, दुई धावनमार्ग ‘रनवे’सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन, निजगढ विमानस्थल निर्माण रोक्ने सर्वोच्चले दिएको आदेश विकास सवरोधी रहेको जनधारणा ।
२. बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रीय गठबन्धनले निर्णय नगरेसम्म राजीनामा नदिने, गठबन्धनको सहमतिका आधारमा प्रदेश सरकार बनेकाले केन्द्रीय गठबन्धनले निर्णय नगरेसम्म मुख्यमन्त्रीबाट राजीनामा नदिने नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको निर्णय, गठबन्धनबीच सातै प्रदेशमा मुख्यमन्त्री फेर्ने निर्णय भए एकीकृत समाजवादी पनि तयार रहको प्रवक्ता जगन्नाथ खतिवडाको प्रतिकृया ।
३. नेकपा एकता राष्ट्रिय अभियानमा संलग्न चार दलले वामदेव गौतमलाई अभियानको संयोजकबाट निष्कासन गर्यो, गौतममाथि सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेको आरोप, सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन ।
४. ६० प्रतिशतभन्दा बढी जनता कृषिमा सहभागी भएको देशमा खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा चिन्ता व्यक्त, आफूले सरकार छोडेपछि ४९ अर्बको चामल आयात गर्नुको कारण के भन्दै सरकारसँग जवाफ माग, हिमालदेखि तराईसम्म उब्जाउ भूमि रहेपनि जम्मा ३ करोड जनता खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु दुःखद रहेको धारणा ।
५. नेपालमा पर्यटन विश्वविद्यालयको आवश्यकता रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, देशमा पर्यटन विश्वविद्यालयको आवश्यकता देखापरेकाले पर्यटन विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने प्रतिवद्धता, पर्यटन प्रवद्र्धनबाट देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त ।
६. निजगढ विमानस्थलको विषयमा सर्वोच्च अदालतको फैसलामा आत्तिनु नपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भनाइ, सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठको केही अंश पढेर सुनाउँदै निजगढ विमानस्थल बन्दैन कि भनेर आत्तिने अवस्था नरहेको जिकिर, न्यायालय विकासको आम चाहनामा बाधक बन्न नहुने धारणा ।
७. पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक सम्बन्ध सन्तुलनका लागि भएको गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, सरकारले निर्वाचनमा भाग नलिएका दललाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयत्न गरिरहेको दावी, स्थानीय तह निर्वाचनले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएको र आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पनि पार्टीलाई ठूलो र बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई निर्देशन ।
८. बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको भनाइ, नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविश्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने दावी, जलविद्युत्, सौर्यलगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गर्नुपर्नेम जोड ।
९. पोखरा स्पोर्टस अवार्डको छैंठौ संस्करणमा भलिबलकी अरुणा शाहीलाई दोस्रो पटक सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि, पुरुष तर्फको टेनिस खेलाडी प्रदीप खड्का सर्वोत्कृष्ट, लाइफ टाइम अचिभमेन्टसहित विभिन्न ७ विधामा टेनिस खेल हाबी ।
१०. अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने, नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य युद्ध सामग्री समावेश, युक्रेनी नेताहरूले सार्वजनिक रूपमा पश्चिमा सहयोगीहरूलाई तत्काल थप गोला बारुद र आधुनिक हातहतियार उपलव्ध गराउन गरेको आह्वानको जवाफमा अमेरिकाद्वारा नयाँ सैन्य सहयोग घोषणा ।











