Logo
Logo

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै


630
Shares

फाइल फाेटाे ।

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी बैठक बोलाइएको माओवादीले जनाएको छ ।

बैठकमा हालै सम्पन्न स्थानीय निर्वाचनको समीक्षा पनि हुनेछ । यसैगरी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो चयन र कार्यविभाजन लगायत विषयमा पनि छलफल हुनेछ ।

माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अध्यक्ष मात्रै चयन गरेको थियो । केन्द्रीय कमिटीलाई पदाधिकारी चयन गर्न सक्ने अधिकार दिएको थियो । त्यसपछि पटकपटक बैठक बसे पनि पदाधिकारी चयन हुन सकेको छैन ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन हुन बाँकी छ । मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन गर्न पनि बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्