Logo
Logo

केएमसी स्कुलको महिला कर्मचारी मृत फेला


6.9k
Shares

काठमाडौं । काठमाडौं बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् ।

२१ वर्षीया रमा रायमाझी स्कुलको गल्र्स होस्टेल छेउमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार शनिबार बेलुका झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् ।

उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्