Logo
Logo

विप्लव नेकपाका उपत्यका इन्चार्ज माइला लामा पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ५ साउन ।
सरकारसँग वार्ताको पहल भइरहेका बेला प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ।

लामालाई प्रहरीको एक टोलीले राजधानीको काँडाघारीबाट पक्राउ गरेको हो। लामा गएराति १२ बजे पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । माइला लामा काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएका बम विस्फोटमा संलग्न रहेको प्रहरीको दाबी छ ।

फागुन १० गते नख्खुस्थित एनसेलको कार्यालयमा भएको विस्फोटमा एकजना मारिएका थिए भने घट्टेकुलो, सुकेधारामा जेठ ५ गते भएको विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए। जेठमा भएको विस्फोटपछि प्रहरीले लामाको खोजी गरिरहेको थियो।

लामो समय माओवादीको सांस्कृतिक विभागमा रहेर काम गरेका लामा गीतकार तथा संगीतकार समेत हुन् । काठमाडौं सीतापाइलाका लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि कयन गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्