Logo
Logo

छवि-शिल्पाविरुद्ध ‘बहुविवाह’को उजुरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ साउन । फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्धमा दरार आइरहेका बेला अर्को ट्विस्ट आएको छ । शिल्पाले छविराजस“ग सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएको केही दिन नबित्दै छविराज र शिल्पाविरुद्ध ‘बहुविवाह’को जाहेरी परेको छ ।
निर्माता छविराजकी जेठी श्रीमती हेमा ओझाले उनीहरुविरुद्ध ‘बहुविवाह’को अभियोगमा आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी छन् । उनले कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी हुन् ।
२०४१ सालमा आफूहरुको विवाह भएको उल्लेख गर्दै हेमाले जाहेरीमा २०७५ पुस ११ गते छवि र शिल्पा पोखरेलबीच विवाह भएकाले बहुविवाहमा कानुनी कारबाहीको माग गरेकी छन् । यसअघि प्रमाण अभावले आफ्ना श्रीमानको अन्य महिलास“ग विवाह भएको चर्चा चल्दाचल्दै केही गर्न नसकेको अवस्थामा प्रमाण प्राप्त गर्न साथ जाहेरी दिएको हेमाको जाहेरीमा उल्लेख छ ।
हेमाले जाहेरीमा भनेकी छन्, ‘निज मेरा विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुनबमोजिम यथाशक्य चाँडो नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अघि बढाई अनुसन्धानसमेत गरी निजहरूलाई कानुन बमोजिम हदैसम्मको सजाय गरी पाउँ ।’
छविराज र हेमाको तर्फबाट २ छोरा राजिव र महेश छन् भने हेमाले आफ्ना पिताको थर ‘गौतम’ छोडेर ‘ओझा’ लेख्र्दै आएकी छन् । आफूहरुबिरुद्ध बहुविवाहको जाहेरी परेको सन्दर्भमा छविराज र शिल्पाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्