Logo
Logo

विद्यालय क्षेत्रका लागि जापानद्वारा ६३ अर्ब ९९ करोड अनुदान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ साउन । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ ।
अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे । सोमबार नै ती सम्झौता कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा जापानी सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि युमिको आशाकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरेका छन् ।
त्यस अवसरमा बोल्दै राजदूत साइगोले दिगो विकासका लक्ष्य हासिल गर्ने तथा ‘समृद्ध नेपाल, खुुशी नेपाली’ परिकल्पना साकार पार्ने वर्तमान सरकारको उद्देश्य हासिलमा सानै भए पनि सहयोग गर्न पाएकामा जापान गौरव गर्ने बताए । अर्थ सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्