Logo
Logo

सोमप्रसाद पाण्डेलाई लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी


9.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष सोमप्रसाद पाण्डेले लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी पाएका छन् ।

आज सम्पन्न प्रदेश बैठकले पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएको हो । यसअघि, सहरी विकासमन्त्री मेटमणी चौधरी प्रदेश अध्यक्ष थिए ।

मन्त्री भएपछि कार्यव्यवस्ता बढेको भन्दै चौधरीको प्रस्तावमा पाण्डेले अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

बैठकमा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित थिए । अध्यक्ष नेपालले आगामी निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्