
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराल पक्षको बैठक आज बस्दै छ ।
बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो १ बजे बैठक बोलाइएको बैठकमा कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्य सहभागि हुनेछन् । सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठक अगाडि आफ्नो धारणा बनाउन बैठक बस्न लागेको हो ।
सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सन्चालन गरेको, सविधान मिचेको लगायतका आरोप शेखर कोइराला पक्षले लगाउँदै आएको छ ।











