Logo
Logo

बामदेवलाई हटाएका युवराजले सचिवालयमा थपे तीन जना


6.3k
Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतमलाई निष्कासित गरेर आफू संयोजक बनेका युवराज सफलले सचिवालयमा तीन जना थपेका छन् ।

सफलको अध्यक्षतामा शनिबार बसेको अभियानको सचिवालय बैठकले सचिवालयमा डिबी थापा राष्ट्रिय पुनर्जागरण पार्टीबाट, मोतीलाल भारती नेपाल समावेशी पार्टीबाट र राधाकृष्ण पाण्डे मुक्ति कम्युनिष्ट एकताको लागि राष्ट्रिय अभियानबाट सचिवालय सदस्यमा चयन गरिएको छ ।

बैठकको निर्णय सार्वजनिक गर्दै सफलले योसँगै अभियानमा आबद्ध दल, समूहको संख्या ७ पुगेको जानकारी गराएका छन् ।
साथै अन्य समूहसँग वार्ता गर्न युवराज सफलको अध्यक्षतामा ५ सदस्य रहेको वार्ता तथा एकीकरण विभाग गठन गरिएको छ ।

बैठकले राष्ट्रिय पुनर्जागरण पार्टी, नेपाल समावेशी पार्टी र कम्युनिष्ट एकताको लागि राष्ट्रिय अभियानलाई नेकपा एकता राष्ट्रिय अभियानमा आबद्धता गराउने निर्णय गरेको छ ।

त्यस्तै कम्युनिष्ट एकताको लागि विभिन्न राजनीतिक पार्टीसँग वार्ता गर्न अभियान सचिवालय सदस्य निलकण्ठ पौडेलको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली बनाइएको छ ।

आफूहरूसँग बहुमत रहेको भन्दै केही नेताले वामदेवलाई हटाएर युवराज सफललाई संयोजक तोकेको भोलिपल्टै वामदेवले भने युवराज सफलसहित पाँचजनालाई निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्