Logo
Logo

सिर्जनात्मक कार्यमा सरकार सदैव साथमा रहने छ : प्रधानमन्त्री


189
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भाषा, साहित्य र संगीतको रचनात्मक र सिर्जनात्मक कार्यमा सरकार सदैव साथमा रहने बताएका छन् ।

आइतबार सरकारले आयोजना गरेको राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भाषा, कला, साहित्य र संगीत मुलुकका गहना र धरोहरको विषय भएको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘नेपाली भाषा, कला, साहित्य र संगीत मुलुकका गहना, धरोहर र राष्ट्रिय गौरवका विषय हुन् । जसका माध्यमबाट स्वदेश तथा विदेशमा विशिष्ट पहिचान बनेको छ ।’

कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय प्रतिभा पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्