
लमजुङ । जिल्लाका किसानलाई धान रोप्ने चटारो छ । असारमै पानी पर्याप्त मात्रामा परेपछि किसान धान रोप्नमा व्यस्त छन् ।
हालसम्म ४० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । केन्द्रका प्रमुख सुदीप खतिवडाले गत वर्षको तुलनामा छिटो रोपाइँ भएको बताए ।
जेठ महिनादेखि नै पानी परेकाले मूल फुटेको, भलपानी छोप्नुपर्ने र खोलाको किनारमा रहेका खेतलगायत अधिकांश ठाउँमा रोपाइँ भइरहेको उनको भनाइ छ ।
जिल्लाका केही भाग मकै ढिलो पाक्ने खेतमा भने रोपाइँ हुन बाँकी रहेको केन्द्रले जनाएको छ । जिल्लाका आठ पालिकामध्ये सबैभन्दा बढी मस्र्याङ्दी र क्व्होलासोथर गाउँपालिकामा रोपाइँ भएको उक्त केन्द्रका प्रमुख खतिवडाको भनाइ छ ।
लमजुङको १६ हजार ६१२ हेक्टरमा धानखेती हुँदै आएको छ । लमजुङको दोर्दी गाउँपालिकाका किसान रोपाइँ गर्दै ।











