काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेकपा एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नरहेको बताएका छन् ।

आइतबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा नेता गुरुङले आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेसँग तालमेलको सम्भावना नरहेको बताएका हुन् । एमालेले विगतमा गरेका गल्तीको आत्मसमीक्षा नगरेकाले त्यो सम्भावना नभएको उनको भनाइ छ ।
नेता गुरुङले भने, ‘राष्ट्रियताको मुद्दामा आत्मसमीक्षा भएको छैन । संविधान डिरेल गर्ने खालका समस्या देखापरे । त्यस सन्दर्भमा गम्भीरतापूर्वक आत्मसमीक्षा भएको छैन ।’
उनले ती विषयमा गम्भीर आत्मसमीक्षा भएको अवस्थामा एकता हुन सक्ने बताउँदै तत्काल भने त्यो अवस्था नभएको बताए ।











