Logo
Logo

एकीकृत समाजवादीका मन्त्रीलाई रुलिङ- हप्तामा १ दिन पार्टी कार्यालय पुग्नु


8.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्री हप्ताको १ दिन पार्टी कार्यालय आलोकनगर पुग्ने भएका छन् । पार्टीका नेता कार्यकर्तासँगको भेटघाटका लागि पार्टीले सबै मन्त्रीलाई हप्तामा एक दिन पार्टी कार्यालयमा बोलाएको हो ।

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु पार्टीप्रति पनि जवाफदेही हुनुपर्छ भन्ने हेतुले हप्तामा एक दिन पार्टी कार्यालयमा बोलाइएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने– ‘पार्टीबाट सरकारमा सहभागी कमरेडहरु पार्टीप्रति जवाफदेही हुनुपर्छ । पार्टीका नेता कार्यकर्ताको चाहना र गुनासो सुन्नुपर्छ । त्यसैले उहाँहरुलाई हप्तामा एक दिन पार्टी कार्यालयमा बोलाइएको हो ।’

एकीकृत समाजवादीले सबै मन्त्रीका लागि बार तोकेको छ । पार्टीले तोकेको बारमा पार्टी कार्यलय आउने मन्त्रीहरु दिनको २ बजेदेखि ३ बजेसम्म पार्टी कार्यालयमा रहने छन् ।

उपमहासचिव डा. गंगालाल तुलाधरद्वारा जारी विज्ञप्ति अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आइतबार दिउँसो २–३ बजेसम्म पार्टी कार्यालयमा रहनेछन् ।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ सोमबार दिउँसो २–३ बजेसम्म र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर मंगलबार दिउँसो २–३ बजेसम्म पार्टी कार्यालयमा रहने छन् ।

त्यसैगरी, सहरी विकासमन्त्री मेटमणी चौधरी बुधबार दिउँसो २–३ बजेसम्म, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी बिहीबार दिउँसो २–३ बजेसम्म र संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ पुनः शुक्रबार दिउँसो २–३ बजेसम्म पार्टी कार्यालयमा रहनेछन् ।

मन्त्रीहरुको पार्टी कार्यालय पुग्ने तालिका–

प्रतिक्रिया दिनुहोस्