
शेरबहादुर परियार
युरोप । नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन ‘प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटी’को सपथ ग्रहण सम्पन्न भएको छ ।
अध्यक्ष माधव नेपालको प्रमुख आतिथ्यमा भर्चुयलमार्फत भएको सपथ ग्रहण कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल तथा उप महासचिव डा. विजय पौडेलको उपस्थितिमा प्रवास समन्वय कमिटीका संयोजक श्रीप्रसाद शाहले सपथ खुवाएका थिए ।
एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य श्रीप्रसाद शाहको संयोजकत्वमा गठन भएको ४५ सदस्यीय समन्वय कमिटीको सह संयोजमा सुवास पोखरेल (जर्मनी) र भीम कार्की (अमेरिका) छन् । सचिव ध्रुव सुवेदी (अस्ट्रेलिया) र उप सचिव रामहरी गैरे (कतार) तथा सागर रिजाल (जापान) रहेका छन् ।
सदस्यमा सीता खरेल (अमेरिका), भानुभक्त पोखरेल (नेपाल), सञ्जय मुडभरी (स्विजरल्याण्ड), अर्जुन खतिवडा (बेलायत), राधाकृष्ण देउजा (अमेरिका), टीबी कार्की (कतार), टेक गुरुङ (अमेरिका), डाक्टर मनमूर्ति भुर्तेल (रुस), कृष्ण तिवारी (बेलायत), मनोज भुसाल (फिनल्यान्ड), लेखनाथ कोइराला(ओमान) रहेका छन् ।
यसैगरी शुभराज बमजन (दक्षिण कोरिया), विमल गौतम (साउदी अरब), युवराज गैरे (कुवेत), टंक कटुवाल (पोल्याण्ड),राजन काफ्ले (आयरल्यान्ड), कृष्ण देवकोटा (जर्मनी), प्रेम गौतम (स्वीडेन), बाला घिमीरे (अमेरिका), यम लामा (अमेरिका), विपिन सापकोटा (युएई), शेरबहादुर परियार (पोल्याण्ड) पनि कमिटिको सदस्यमा छन् ।
दीपेन्द्र गजुरेल (स्पेन), राजु गुरुङ (युएई), निराजन सुवेदी (पोर्चुगल), अकल लामा (जर्मनी), हिरामान राई (हङकङ), माधव शाह (अस्ट्रेलिया), पशुपतिप्रसाद भण्डारी (नर्वे), दोर्ण सिलवाल (जापान), निगम खनाल (क्यानडा), प्रेम वम्जन (ओमान), देवशंकर घिसिङ (कुवेत), हरि बहादुर तामाङ (क्रोसिया), चिन्तन बुढामगर (साइप्रस), जिवच्छ यादव (ब्रुनाई), धन बहादुर बोहरा (नेदरल्यान्ड्स), उमेश मोक्तान (बेलायत), अच्युत थपलिया (अस्ट्रेलिया)रहेका छन् ।
एमालेसंग एकता असम्भव : नेपाल
उक्त कार्यक्रममलाई सम्वोधन गर्दे अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन जोगाउन विद्रोह गर्नु परेको र जसले संविधान बिघटन हुनबाट जोगाएको बताए । ‘ओलीजीमा आफूलाई सर्वज्ञानी, सर्वज्ञाता, सुपरम्यान र आफूलाई पार्टी र संविधान भन्दा माथी ठान्ने व्यक्तिवाद अझै कायम छ ।
तसर्थ उनको यो प्रवृत्ति रहेसम्म एमालेसंग कार्यगत अकता सम्भव छैन,’ उनले भने । पार्टी आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा होमिएका कारण प्रवासी नेपालीको सहयोगको पार्टीले अपेक्षा गरेको अध्यक्ष नेपालले बताए ।














