Logo
Logo

निर्वाचनअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल


315
Shares

धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनअघि कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् ।

प्रेस संगठन धनगढीले सोमबार गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले निर्वाचनसम्म एकता सम्भव नभएको तर वाम शक्तिबीचको एकता भइछाड्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रसँग एकीकरण हुने चर्चा चलेको विषयमा नेपालले अगामी निर्वाचनअघि नै कुनै पार्टीसँग एकता नहुने जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस्