Logo
Logo

सरकारलाई सभामुखको रुलिङ


1.9k
Shares

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदले शून्य र विशेष समयमा उठाएका विषयको उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक–पटक सांसदले आपत्ति जनाएका थिए ।

आजको बैठकमा पनि शून्य समयमा सांसदले मुलुकको समसामयिक विषयमा राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गरे ।

प्रतिक्रिया दिनुहोस्