Logo
Logo

गृह नपाएपछि उद्योग सचिवका लागि दौड



काठमाडौं । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौला गृहमन्त्रालयको सचिव बन्न कांग्रेस नेताहरुको चाकरीमा दिनरात धाइरहेका छन् । बढुवा भएपछि बागमती प्रदेशमा पदस्थापन भएका निरौला त्यसबेलै गृह वा निर्वाचन आयोगको सचिवमा जानका लागि निकै लागेको कर्मचारी बृत्तमा चर्चा थियो ।

तर उनको चाहनाबिपरीत बागमतीमा उनको पदस्थापन भयो । तर पदस्थापन भएदेखि नै संघीय मन्त्रालयमा सरुवा हुन कस्सिएर लागेका निरौला यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको रिक्त एक सचिवमा पनि आउन चाहेका थिए ।

समाचार स्रोतका अनुसार, यामकुमारी खतिवडाको अवकाशपछि रिक्त रहेको उक्त दरबन्दीमा उनलाई सरुवा गरिएन । खतिवडाको ठाउँमा प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा.रामप्रसाद घिमिरेलाई सरकारले सरुवा गरेदेखि कांग्रेस सरकार र नेताहरुलाई गालीगलौज गर्न तल्लीन छन् । फेरि उनी गृह वा उद्योग मन्त्रालय आउन चाहिरहेका छन् ।

निरौलाको चर्को दबाब आएपछि गृहमन्त्री बालकृष्ण खाँणले आफू रहेसम्म उनलाई कुनै पनि हालतमा गृहमन्त्रालय प्रवेश नगराउने कुरा निकटस्थहरुलाई संकेत गरिसकेका छन् । निरौलाको नियत नै कमाउ मन्त्रालयको सचिव बन्ने भएकोले कर्मचारीबीच उनी हाँस्यका पात्र बनेका छन् ।

खाँण गृहमन्त्री भएपछि कांग्रेस नेताहरुसँग रुवाबासी गरेर सहसचिवका रुपमा शान्तिसुरक्षा महाशाखाको प्रमुखमा काम गर्ने अवसर पाए पनि त्यहाँ रहँदा उनको कार्यशैलीबाट मन्त्री पटक्कै सन्तुष्ट छैनन् । त्यहीकारण खाँण अहिले उनलाई सचिवका रुपमा भित्र्याउन चाहिरहेका छैनन् ।

गृहमन्त्रीको ग्रिनसिग्नल पाउन नसकेपछि कांग्रेसले सम्हालेका मन्त्रालयमा जानका लागि लबिईङ थालेका निरौलाले पछिल्लो समय उद्योग मन्त्रालयतिर नजर लगाएका छन् । अर्जुन पोखरेल लामो समयदेखि त्यहाँ कार्यरत रहेको हुँदा उनलाई हटाएर आप्mनो सरुवा हुनुपर्ने उनको जिकिर उनले कांग्रेस नेताहरुसमक्ष गर्दै आएका छन् ।

कांग्रेस निकट पूर्व र वर्तमान उच्च प्रशासकहरु संलग्न संस्था कामादका अधिकारीहरु पनि निरौलालाई न्याय दिनुपर्छ भनेर कांग्रेस नेताहरुलाई सिफारिस गर्दै आएका छन् ।

स्रोतका अनुसार, निरौलालाई उद्योगमा ल्याउनका लागि कांग्रेस नेताहरु डा. शेखर कोइराला, पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल, रामहरि खतिवडा, मन्त्री नारायण खड्कालगायतका नेताहरु पनि भनसुन गरिरहेका छन् । यही भनसुनकै कारण निरौलाले उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेट गरी आफ्नो गुनासो राख्न भ्याइसकेका छन् । सुदूरपश्चिमका बडूले पूर्वका निरौलालाई कसरी भित्र्याउलान् ? यो भने चासोको विषय छ ।

प्रतिक्रिया दिनुहोस्