Logo
Logo

एनआरएनएलाई समेटेर नागरिकता विधेयक अगाडि बढाइएको हो : प्रधानमन्त्री



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्री केसीको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघको माग समेटेर सरकारले नागरिकता विधेयक अगाडि बढाएको बताए ।

संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था अनुसार नै विधेयक पारित हुनेमा प्रधानमन्त्री देउवाले आश्वस्त गराए ।

उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतोलगायतका पदाधिकारीले यो विधेयक ल्याउन सरकारले चालेको सकारात्मक कदमको लागि धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रममा संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्वआइसिसि सदस्य पशुपति भण्डारीलगायतका प्रतिनिधि, गैरआवासीय नेपाली नागरिकतासम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयका तर्फबाट अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्