Logo
Logo

बेलायतको प्रधानमन्त्रीमा जोन्सन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ साउन ।

बेलायतको अबको प्रधानमन्त्री बोरिस जोन्सन हुने भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जित हासिल गरेपछि जोन्सन प्रधानमन्त्री बन्ने पक्का भएको हो । उनले बुधबार पद सम्हाल्नेछन् । थेरेसा मेको कार्यकालको आज सकिदैछ ।


जोन्सन विजयी हुने पक्का भएपछि बेलायती मन्त्रिपरिषद्का कानुन मन्त्री फिलिप हमन्ड, विदेश मन्त्री सर अलान डंकान, शिक्षा मन्त्री एने मिल्टनले राजीनामा दिएका छन्।
जोन्सनको विजयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत् बधाई दिएका छन् ।
कन्जरभेटिभ पार्टीका नेता जोन्सन न्यू योर्कमा जन्मिएका थिए । उनी लन्डनको मेयर समेत हुन् । कमेडी नेताका रुपमा उनको आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्