
काठमाडौं । पर्यटकीय नगरी पोखराको लेकसाईड सेदीवगरदेखि सराङकोट जाने अन्नपूर्ण केबलकार १ हप्ताका लागि बन्द भएको छ ।
नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले शुक्रबारदेखि साउन ६ सम्म बन्द गरिएको हो । केवलकारको सेवा साउन ७ गते शनिबार बिहान ९ बजे देखि यथावत रुपमा सञ्चालन हुने बताइएको छ ।
उक्त केबलकार स्थापनाको छोटो समयमै लोकप्रिय बनेको छ ।












