Logo
Logo

‘लिटिल आइडल’ खोज्दै प्याब्सन र एक्सन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ साउन । शैक्षिक कोर्षमा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित मिस लिटिल आइडल २०१९ को खोजी सुरु भएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको दशौं संस्करणका लागि लिटिल आइडल सुरु गरिएको आयोजकले जानकारी दिएको हो ।
प्रतियोगीतामा विभिन्न विद्यालयमा अध्ययनरत देशभरका ८ देखी १३ वर्ष उमेर समुहका, कक्षा चारदेखी कक्षा ८ सम्मका बालिका सहभागी हुन पाउने छन् । प्रतियोगीलाई तीन साता प्रशिक्षण दिइने छ ।
अन्तिम प्रतियोगिता परिचय राउण्ड, कल्चरल राउण्ड, स्पिच राउण्ड, टप १० राउण्ड र टप ५ राउण्ड गरी पाँच चरणमा प्रतिष्पर्धा गराइने आयोजकले जनाएको छ । विभिन्न विद्यालयमा अध्ययनरत छात्रामा गुणस्तरीय अध्ययनका साथै उनीहरुलाई सिर्जनात्मक काममा प्रेरित गर्न प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएको छ ।
वालिकामा निहित प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी भुमिका निर्वाह, गुणस्तरीय अध्ययन एवं सिर्जनात्मक कार्यमा लाग्न प्रतियोगीताले प्रेरित गर्ने आयोजकको भनाइ छ ।
प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट रनरअप र सेकेन्ड रनरपलाई नगद पुरस्कारसहित सम्बन्धित विद्यालयमा प्याब्सनको तर्फबाट छात्रवृत्ति प्रदान गरिने भएको छ । त्यस्तै शिर्ष उपाधि विजेतालाई ताजसहित प्याब्सन काठमाडौंको तर्फबाट विजेतालाई ३० हजार, फस्ट रनरअपलाई २० हजार र सेकेन्ड रनरअपलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । सन् २००९ देखी वार्षिक रुपमा यो प्रतियोगीता आयोजना गर्दै आएको एक्सन इन्टरटेनमेन्टसँग २०७२ सालदेखी प्याब्सन काठमाडौंको सहकार्यले प्रतियोगितालाई अझ प्रतिष्ठित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्