Logo

विश्वकप एशिया छनोटमा नेपालको पहिलो जीत


Published On : 24 July, 2019

 

काठमाडौं, ८ साउन । सिंगापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ ।
सिंगापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको थियो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रनको योगफल बनायो । ८४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रिएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउर्दै लक्ष्य पूरा ग¥यो । वर्षाले प्रभावित भएपछि २० ओभरको खेललाई छोट्टाएर नौ ओभरमा झारिएको थियो ।
नेपालको जीतमा कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरे । २१ बल खेलेका उनले तीन छक्का र पाँच चौका प्रहार गर्दै सर्वा्धिक ५१ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै प्रदीप ऐरी १२ रनमा बाहिरिए भने विनोद भण्डारी अविजित १३ तथा दिपेन्द्र सिंह ऐरीले २ रन जोडे ।
बलिङतर्फ मलेसियाका लागि मुहम्मद सहदायत एक्लैले तीन विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धा्रित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रन बनाएको थियो । उसका लागि सैयज अजीजले सर्वा्धिक ३० रन जोडे भने वीरनदीप सिंहले २१ तथा अहमद फैजले नौ रन जोडे ।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने वसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने र करण केसीले एक÷एक विकेट झारे । जीतसँगै नेपालले जारी प्रतियोगितामा दुई अंक जोडेको छ ।
प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिंगापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्