Logo
Logo

निर्मलालाई न्याय माग्दै नेविसंघको प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० साउन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी निर्मला पन्तलाई न्याय माग्र्दै नेपाल विद्यार्थी संघले राजधानीमा प्रर्दशन गरेको छ । पन्तको हत्या भएको एक वर्ष वित्दासमेत दोषीलाई कारबाही नगरिएको भन्दै नेविसंघले शुक्रबार राजधानी माइतीघरस्थित मण्डलामा विरोध प्रर्दशन गरेको हो ।
पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’लगायतका लेखिएको प्लेकार्डसहित प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए । निर्मला हत्यामा संलग्नलाई कारबाही नभएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्