Logo
Logo

नागरिकता विधेयक स्वागतयोग्य : एनआरएनए



काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित हुनु स्वागतयोग्य कुरा भएको कताएक छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष कुँवरले विधेयकले गैरआवासीय नेपाली संघलाई संविधानले दिएको अधिकार कार्यान्वयन गरेको बताए ।

संघले नागरिकताको निरन्तरताको माग गर्दै आएको उनले बताए । यद्यपि, आफूहरुले उठाउँदै आएका धेरै मागहरु विधेयकले नसमेटेको उनले बताए । अध्यक्ष कुँवरले सबै माग नसमेटेको भएपनि संविधानले गैरआवासीय नेपालीलाई दिएको अधिकार कार्यान्वयनको दिशामा अघि बढेको बताए ।

‘यस विधेयकमा संघले उठाउँदै आएका धेरै मागहरु त छैनन् तर नागरिकताको निरन्तरता माग पूरा हुने दिशामा अघि बढेको छ । गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार कार्यान्वयन हुन्छ भन्ने आशा र विश्वास बढेको छ,’ यसकारण संघ विधेयकको स्वागत गर्दछ’ कुँवरले भने ।

प्रतिक्रिया दिनुहोस्