Logo

बस र ट्रक ठोक्किँदा १५ घाइते


- दृष्टि न्युज/संवाददाता


मुग्लिङ, १० साउन । चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नंको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख २८९५ नंको मालबाहक ट्रक शुक्रबार बिहान पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
घाइतेको उपचारका लागि भरतपुर लगिएको छ । दुर्घटनापछि अवरुद्ध भएको सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले दुर्घटनामा परेका ट्रक र बसलाई सडकबाट हटाई दुईतर्फी सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्