Logo
Logo

फेडएक्सको दावी गलत : चीन


- दृष्टि न्युज/संवाददाता


बेइजिङ, १० साउन (सिन्ह्वा) । संयुक्त राज्य अमेरिकामा हुवावेका सामानको गलत वितरण भएको भन्ने अमेरिकी बहुराष्ट्रिय कुरियर कम्पनी फेडएक्सको दावी सही नभएको चिनियाँ अधिकारीहरूद्वारा गरिएको एक अनुसन्धानले बताएको छ ।
अमेरिकी कम्पनी फेडएक्सले प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका चीनमा आउनुपर्ने सामानको कम्तीमा १०० पाकेटलाई रोकेर राखेको हुनसक्ने अनुसन्धानले देखाएको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले उक्त कम्पनीद्वारा सम्झौता विपरीत अन्य उल्लंघन गरेका छनकसमेत पत्ता लगाएको जनाइएको छन् ।
चिनियाँ अधिकारीले यस बिषयमा बृहत, वस्तुनिष्ठ र न्यायिक आधारमा थप गहिराइमा पुग्ने गरी अनुसन्धानलाई निरन्तरता दिने पनि बताएका छन् । चासोका बिषयलाई गम्भीररूपमा तोडेको आरोपका आधारमा चीनले अनुसन्धान अघि बढाएको थियो ।
यसबाट अमेरिकी उक्त कम्पनीले चीनमा एउटा सामान तथा कागजातको शीघ्र ढुवानीका लागि गरेको कानून तथा नियमको वर्खिलाप भएको चिनियाँ अधिकारीको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्