Logo
Logo

अभावग्रस्त क्षेत्रमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी


- दृष्टि न्युज/संवाददाता


उदयपुर, ११ साउन । उदयपुरमा सडक अवरुद्धपछि खाद्यान्नको अभाव भएको क्षेत्रमा खाद्यान्न वितरण शुरु भएको छ । अभाव भएपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो ।
जिल्लाको पहाडी क्षेत्रमा खाद्यान्न समस्या भएको छ । शुक्रबार ताप्ली गाउँपालिकाको बैठकले खाद्यान्न संकट भएका वडा र परिवारको संख्याका आधारमा वितरण गर्ने निर्णय गरेको अध्यक्ष उद्धवसिंह थापाले बताउनुभयो । पैँतीस बोरा चामल, दाल र तेल वडाका प्रतिनिधिमार्फत वितरण गरिएको उनले बताए ।
यस्तै लिम्चुङबुङमा ५० बोरा चामल, दाल र तेल आज गाउँपालिको बैठक बसी तत्काल खाद्यान्न सङ्कट भएका वडामा वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताइन् । ‘सबै ठाउँमा खाद्यान्न ढुवानी गरी वितरण गर्ने तयारीमा छौँ’, उनले भनिन् ।
लिम्चुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकामा खडेरीका कारण मकैबाली नष्ट भएको छ । यहाँ खाद्यान्न अभाव भएको छ । सदरमुकाम गाईघाट र कटारी क्षेत्रबाट खाद्यान्न ढुवानी गरी सो क्षेत्रका बासिन्दा खानपिनको जोहो गर्दै आएका छन् । खाद्यान्न संकट भएपछि प्रदेश १ सरकारको सहयोगमा जिल्लाको पहाडी क्षेत्रमा ७०० क्विन्टल चामल, दाल र तेल हेलिकप्टरबाट ढुवानी गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्