Logo
Logo

नेफिन युएईले ‘आदिवासी जनजाती महोत्सव-२०२२’ मनाउँदै



काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघ, युएई (नेफिन)ले २८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस तथा आदिवासी जनजाती महोत्सव–२०२२ भव्य रुपमा मनाउने तयारी गरेको छ ।

विजयालक्ष्मी राई, अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघ, युएई

महासंघले आउँदो १४ अगस्टमा अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस तथा ‘आदिवासी जनजाती महोत्सव’ मनाउन लागेको हो । कार्यक्रममा आदिवासी जनजातीहरुको पुरात्विक एवं पौराणिक जगाउने स्टल, भेषभूषा, साँस्कृतिक नाच (झाकी)का साथमा ‘मिस्टर एण्ड मिस इण्डिजिनियस–२०२२’ प्रतियोगिता समेत रहेको महासंघ युएईले जनाएको छ ।

उक्त कार्यक्रमलाई भव्य बनाउन नेपालबाट दुवई पुगेका स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने महासंघ, युएईकी अध्यक्ष विजयालक्ष्मी राईले जानकारी दिएकी छन् ।

उनका अनुसार कार्यक्रममा एक्स्पो २०२२ दुवई नेपाली पविलियनद्वारा नेपाल आदिवासी जनजाति महासंघ युएई मातहतमा आफनो मौलिक झाकी प्रस्तुति देखाइने छ ।

साथै, सो अवसरमा कोभिड–१९ महामारी ताका जोखिम हुँदाहुँदै पनि स्थानीय प्रशासनसँग समन्वय गरि कोभिड प्रभावित नेपाली समुदायको सेवामा खटेकाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्