Logo
Logo

चेन्जिङ स्याडो : ३४ मिनेटमा कथा बोल्छ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ साउन । नेपाली फिल्म ‘चेन्जिङ स्याडो’ निर्माण भएको छ । हलिउडका कलाकारलाई लिएर यस फिल्मको निर्माण गरिएको हो ।
निर्देशक अनिल थापाको लेखन, निर्माण एवं निर्देशन रहेको यो फिल्मले ३४ मिनेटमा आफ्नो कथाबस्तुलाई प्रस्तुत गर्ने बताइएको छ ।
फिल्मलाई लस एञ्जलसका बिभिन्न रमणीय स्थानहरुमा खिचिएको छ । केही बर्षअघिबाट निर्माण सुरु भएको फिल्म २०१९ मा सम्पन्न भएको हो । प्रयोगको रुपमा छोटो फिल्मको निर्माण गरिएको फिल्मका निर्माता एवं निर्देशक अनिल थापाले बताए । अमेजन र आईटुन्सजस्ता अनलाइन प्लेटफर्मले छोटा फिल्मलाई पनि महत्व दिएर प्रस्तुत गर्ने हुनाले छोटो फिल्मतर्फ आकर्षण भएको निर्देशक थापाको भनाइ रहेको छ । फिल्ममा क्याथरिन फराह, सब्ना गार्डनर, जुलियन ग्राहम, मार्क सि हान्सनलगायत हलिउड कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्